कीर्तिपुरमा आगलागीले राेकिराखेकाे कार भित्रै जल्याे मान्छे, एक जनाको शव फेला

काठमाडौँ, ५ साउन । काठमाडौँको कीर्तिपुरमा पार्किङमा रहेको कारमा एक्कासी आगलागी भएको छ । प्रहरीले कारभित्र एक जनाको शव फेला पारेको छ।

कीर्तिपुर नगरपालिका–१, ट्याङ्लाफाँटमा बा५च ३०३८ नम्बरको कारमा आगलागी भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार आगलागी भएको गाडीभित्रबाट एक पुरुषको शव निकालिएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कार नबिल बैंकको नाममा दर्ता रहेको खुलेको छ। कारमा आगलागी हुनुको कारण र घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *