सुनको मूल्य एकैदिन ३ हजार ५०० रुपैयाँको वृद्धि, चाँदी पनि तोलामा १०० ले महँगियो

काठमाडौँ, २३ भदौ । स्थानीय बजारमा मङ्गलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ५०० रुपैयाँले उकालो लागेको हो ।

महासंघले आजका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन अर्थात् सोमबार सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । साताको सुरुमा केही घटेको सुनको भाउ आज एकैदिन साढे तीन हजारले बढेपछि लगानीकर्ता र उपभोक्ताहरू प्रभावित भएका छन् ।

सुनसँगै चाँदीको मूल्यमा पनि आज वृद्धि देखिएको छ । मङ्गलबार चाँदी तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७९० रुपैयाँ पुगेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा डलरको विनिमय दर र सुनको मूल्यमा आएको उतारचढावका कारण नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष असर परेको व्यवसायीहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *