सुन र चाँदीको मूल्यमा गिरावट, तोलाको तीन हजारले घट्यो सुन

काठमाडौं, २४ भदौ । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। एक दिनअघिको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले र चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ, जुन मंगलबार तीन लाख पाँच हजार ४०० रुपैयाँ थियो।

त्यसैगरी चाँदी पनि आज प्रतितोला चार हजार ७५० रुपैयाँमा कारोबार हुँदैछ भने मंगलबार यसको मूल्य प्रतितोला चार हजार ७९० रुपैयाँ कायम थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *