सुनको मूल्य फेरि बढ्यो, प्रतितोला तीन लाख नाघ्यो

काठमाडौँ, २ असाेज । सुनको भाउ फेरि तीन लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजको बजारमा सुन प्रतितोला तीन लाख तीन हजार १०० रुपैयाँमा खरिदबिक्री भएको छ।

बिहीबारको बजारमा सुन प्रतितोला दुई लाख ९९ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो, जसको तुलनामा आज तोलामा तीन हजार ६०० रुपैयाँले वृद्धि भएको हो।

त्यस्तै, चाँदी पनि महँगिएको छ। आजको बजारमा चाँदी प्रतितोला चार हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ भने बिहीबार यो चार हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो — अर्थात् तोलामा १५० रुपैयाँले बढेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *