कृष्णभिर नजिकै फेरि पहिरो, पृथ्वी राजमार्ग एकतर्फी

काठमाडौँ, ८ असोज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि राजमार्ग एकतर्फी भएको छ।

धादिङ प्रहरीका अनुसार शुक्रबार बिहान बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरभन्दा करिब १०० मिटर अगाडि लेदोसहितको पहिरो खसेका कारण राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। यसैगरी बेनीघाट रोराङ गाउँपालिका–९ स्थित ज्यामिरेमा पनि पहिरो खसेको छ।

प्रहरीका अनुसार सो क्षेत्रमा अहिले पनि पानी परिरहेको छ।

भदौ १० र १४ गते भोटेकोशी र त्रिशूली नदीमा आएको ठूलो बाढीले कृष्णभिरमा सडक कटान गर्दा १८ दिन पृथ्वी राजमार्ग अवरुद्ध बनेको थियो। कृष्णभिरमा नयाँ ट्र्याक खोलेर असोज १ गतेदेखि पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *