गृह मन्त्रालयले एकैपटक गर्‍यो १०० कर्मचारीकाे सरुवा, काे कहाँ गरे हेरफेर ?

काठमाडौं, १३ असोज । गृह मन्त्रालयले एकैपटक १०० जना कर्मचारीको सरुवा गरेको छ । सरुवा हुनेमा अधिकांश नायब सुब्बा वा सो सरहका कर्मचारी रहेका छन् ।

मन्त्रालयले असोज १२ गतेको निर्णयअनुसार उनीहरूको सरुवा गरेको हो । सरुवा सूची हेर्दा अधिकांश कर्मचारीको उही जिल्लाभित्रका विभिन्न कार्यालयमा हेरफेर गरिएको छ ।

सरुवा हुने कर्मचारीहरूमा जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय तथा अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरू रहेका छन् ।

मन्त्रालयले कर्मचारीको साविकको कार्यालय र सरुवा भएको कार्यालयसहितको विवरण सार्वजनिक गरेको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *