विश्वकप लिग–२ का लागि सन्दीपको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा
काठमाडौँ, १६ असोज । ओमानमा आयोजना हुने आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।
असोज २१ गतेदेखि सुरु हुने लिग–२ शृङ्खलामा आयोजक ओमानसँगै नेपाल र क्यानडाले प्रतिस्पर्धा गर्नेछन्। उक्त शृङ्खलाका लागि सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिएको क्यानले जनाएको छ।
टोलीमा कप्तान सन्दीप लामिछानेसहित आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहितकुमार पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्शन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी, साहब आलम र शेर मल्ल रहेका छन्।
ओमानमा हुने यस शृङ्खलाअन्तर्गत नेपालले आयोजक ओमान र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।
