एक दिनको सुधारपछि फेरि घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं, २१ असाेज । बुधबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात् मंगलबार बढेर बन्द भएको नेप्से बुधबार भने घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ६.३८ अंक घटेर २५७२.३४ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.६३ अंक, फ्लोट इण्डेक्स ०.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंकले घटेको छ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। मंगलबार ३ अर्ब १३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा बुधबार ३५९ स्टकको ३९ हजार ४६६ पटकको कारोबारमा ३ अर्ब ७४ करोड ८० लाख ८० हजार रुपैयाँबराबरको १ करोड ३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

घलेम्दी हाइड्रोको शेयरमूल्य यस दिन सर्वाधिक ६.२५ प्रतिशतले बढेको छ। एआईसी एशिया ब्यालेन्स्ड फन्डको इकाईमूल्य करिब ६ प्रतिशत र इंगवा हाइड्रोपावरको शेयरमूल्य करिब ५ प्रतिशतले बढेको छ भने ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य सर्वाधिक ५.२६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो (रु. ३२ करोड २१ लाख) लगातार तेस्रो दिन पनि शीर्षमा रह्यो भने रिलायन्स स्पिनिङ मिल्स (रु. २९ करोडभन्दा बढी) र पिपुल्स हाइड्रोपावर (रु. १६ करोडभन्दा बढी) क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

१३ उपसमूहमध्ये बैंकिङ उपसमूहको परिसूचक मात्र सामान्य बढेको छ भने बाँकी १२ उपसमूह घटेका छन्। व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशतले घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *