सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ सार्वजनिक

काठमाडौँ, २ कात्तिक । गायक, गीतकार तथा संगीतकार सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमार्फत सार्वजनिक भएको छ । पारिवारिक आत्मीयता र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको गीतमा कपालीकै स्वर, शब्द र संगीत रहेको छ ।

बिनता कल्चरल आर्ट प्रमोशन सेन्टर र एसपीजे आर्ट्स एन्ड म्युजिकको प्रस्तुतिमा तयार भएको गीतमा बाल गायिकाहरू अन्जेरिना कपाली, सभ्यता सुवेदी, एले लामा, रसिका श्रेष्ठ, अपेक्षा लामा, सुजिता तामाङ, अज्युनी सुवेदी र रोबिशा तामाङको सहभागिता रहेको छ ।

गीतको एरेन्जमेन्ट बुद्ध सयामीले गरेका छन् भने कथा, छायांकन तथा निर्देशन सुरज दाहालको रहेको छ । गीत निर्माणमा अडियो नेपालले पनि सहकार्य गरेको छ ।

‘राम्री बनेर’ को भिडियोमा एक पिता र दुई बालिकाबीचको आत्मीय सम्बन्धलाई चित्रण गरिएको छ । पारिवारिक प्रेम र भावनात्मक सम्बन्धलाई मुख्य विषय बनाइएको गीतले दर्शक तथा संगीतप्रेमीको मन जित्ने अपेक्षा गरिएको छ ।

गीतको भिडियो एसपीजे आर्ट्स एन्ड म्युजिकको युट्युब च्यानलमार्फत हेर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *