स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ, ११ कात्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले आर्थिक वर्ष २०८३/८४ का लागि पाँच करोड ४० लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ।

बजेटको ३९ प्रतिशत पूर्वाधार विकास तथा सम्पदा संरक्षणमा र ६१ प्रतिशत प्रशासनिक खर्चका लागि विनियोजन गरिएको छ। यो रकम गत आर्थिक वर्षको तुलनामा २५ लाख रुपैयाँ बढी हो।

महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्तिका अनुसार स्वयम्भू महाचैत्य तथा सम्बन्धित संरचनाको जीर्णोद्धार र मौलिक स्वरूप संरक्षणलाई प्राथमिकता दिइनेछ।

महासमितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत निकायसँग समन्वय र सहकार्य गरी सम्पदाको मर्मतसम्भार तथा संरक्षण, धार्मिक वनमा वृक्षरोपण र विभिन्न जात्रा, पर्व तथा धार्मिक महोत्सवको सञ्चालन एवं व्यवस्थापन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *