जखेरा तालमा डुबेर छ वर्षीया बालिकाको मृत्यु

काठमाडौँ, कार्तिक १७ । दाङको लमही नगरपालिका ३ स्थित जखेरा तालमा डुबेर आज एक बालिकाको मृत्यु भएको छ ।परिवारसँग वनभोज खान जखेरा ताल पुगेकी गढवा गाउँपालिका २, कोठरीकी छ वर्षीया कृतिका चौधरीको तालमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

वडा प्रहरी कार्यालय लमहीका अनुसार तालको किनारमा बसेर माछालाई दाना खुवाउने क्रममा चिप्लिएर कृतिका पानीमा खसेकी थिइन् ।

तालमा खसेलगत्तै उद्धार गरी उनलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बालिकाको शव परीक्षणका लागि लमही अस्पतालमै राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *