कुशाग्र र तिलकको शतकमा भारत ‘ए’ले नेपाललाई दियो ३३३ रनको विशाल लक्ष्य
काठमाडौं, ४ मङ्सिर । एसीसी एसिया कप राइजिङ स्टारअन्तर्गत भारत ‘ए’ले नेपालसामु ३३३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कतारको दोहामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनाएको हो।
भारतका कुमार कुशाग्र र तिलक वर्माले शतकीय पारी खेले। कुशाग्रले १० चौका र ५ छक्कासहित ११७ रन बनाए भने तिलकले ६ चौका र ४ छक्काको मद्दतमा १०७ रन जोडे।
त्यस्तै, सूर्यांश सेगडेले १४ बलमा ३६ र वैभव सूर्यवंशीले ३२ बलमा २६ रन बनाए।
नेपालका सन्दीप लामिछाने र ललित राजवंशीले समान ३ विकेट लिए। नन्दन यादवले २ तथा पवन सर्राफले १ विकेट हात पारे।
