सुनको मूल्य बढ्यो, चाँदीकाे घट्यो

काठमाडौं, १८ कात्तिक । स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने प्रतितोला ३ हजार ६५५ रुपैयाँ कायम भएको छ।

मंगलबार छापावाल सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँ र चाँदी ३ हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *