सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौं, १९ कात्तिक । स्थानीय बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदी २६५ रुपैयाँले महँगिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ९२० रुपैयाँ पुगेको छ।

बुधबार छापावाल सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य ३ हजार ६५५ रुपैयाँ कायम थियो।

एकैदिन सुनको मूल्यमा भएको यो ठूलो वृद्धिले स्थानीय सुनचाँदी बजारमा नयाँ मूल्य कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *