यू–१९ महिला क्रिकेटमा नेपालको शानदार जित, हङकङ ९२ रनले पराजित

काठमाडौं, १९ कात्तिक । यू–१९ महिला बेल्ट एन्ड रोड सिरिजअन्तर्गत नेपालले हङकङलाई ९२ रनले पराजित गरेको छ।

चीनको ताइचाङस्थित साक्सी टाउन क्रिकेट सेन्टरमा बिहीबार भएको खेलमा नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हङकङ १८ ओभरमा सबै विकेट गुमाउँदै ५४ रनमा समेटियो।

हङकङका लागि वान तुङ सो र मान केइ लेउङले समान १२ रन बनाए। नेपालका मनिषा चौधरी र रचना चौधरीले उत्कृष्ट बलिङ गर्दै समान तीन–तीन विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रन बनाएको थियो। नेपालका लागि सोनु पाख्रिनले सर्वाधिक ४४ रन बनाइन्। सवित्री धामीले चार चौकासहित ३६ रनको योगदान गरिन्।

हङकङकी स्टोर्म पार्करले नेपालको तीन विकेट लिएकी थिइन्। समग्रमा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले प्रतियोगितामा प्रभावशाली जित निकालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *