लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य
काठमाडौं, १९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४९ रन बनाएको हो।
लुम्बिनीका लागि रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए। निरोशन डिकवेलाले २७, दिलीप नाथले २५ र आसिफ शेखले २१ रनको योगदान दिए। त्यस्तै, रुबेन ट्रम्पलमनले १५ तथा शमिम हुसेनले १३ रन बनाए।
बलिङतर्फ जनकपुरका राहुल यादव र विशाल सुश्लिङले दुई–दुई विकेट लिए। हरमीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक–एक विकेट हात पारे।
अब जनकपुरले जितका लागि २० ओभरमा १५० रन बनाउनुपर्नेछ।
