सङ्कटमा मादल बनाउने पेसा
ओखलढुङ्गा, २० कात्तिकः मादल बनाउने कालीगढको अभावमा यहाँको स्थानी बजारमा नयाँ मादल पाउननै मुस्किल परेको छ । कुनै समय तिहारमा मादल बनाउने कालीगढको काम भ्याइनभ्याइ हुन्थ्यो । नयाँ मादल किन्न र पुराना मादल मर्मत गर्न । आजकाल दक्ष कालीगढले मादल बनाउननै छोडेपछि बजारमा मादल पाउन मुस्किल पर्दै गएको हो मादल बनाउन चाहिने छाला र काठ पाउन कठिन हुँदै गएको छ । सामुदायिक वनमा काठ काट्न नपाइने र छाला पनि सहजै उपलब्ध नहुने भएपछि नयाँ मादल उत्पादन गर्न झन समस्या भएको कालीगढहरू भन्नुहुन्छ ।
पूरा समाचार पढ्न सदस्यता आवश्यक छ।
