बारामा पटका पड्काउँदा १६ वर्षीय किशोर घाइते

काठमाडौं, २३ कात्तिक । बारामा पटका पड्काउने क्रममा जलेर एक किशोर घाइते भएका छन्। घाइते हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–६ घुसुकपुर टेंढाका १६ वर्षीय अफ्ताब मियाँ देवान रहेका छन्।

प्रहरीका अनुसार देवान आइतबार राति करिब साढे १० बजे आफ्नै घरको आँगनमा पटका पड्काउने क्रममा घाइते भएका हुन्।

पटका पड्किएर आगलागी हुँदा उनको दुवै तिघ्रालगायत शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ।

घाइते देवानलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *