पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना र्याली
नेपाल संवत् ११४७
काठमाडौँ, कार्तिक २५ । नेपाल संवत् ११४७ को अवसरमा काभ्रेपलाञ्चोकको पनौतीमा आज सांस्कृतिक झाँकीसहित भिन्तुना र्याली निकालिएको छ ।
पनौती नेपालद्वारा आयोजित र्यालीमा नेवारी कला, संस्कृति, मौलिक बाजागाजा र परम्परागत वेशभूषा झल्काउने झाँकी प्रदर्शन गरिएको थियो । र्यालीमा विभिन्न जातजाति तथा समुदायका प्रतिनिधिको सहभागिता रहेको थियो ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले भिन्तुना ¥याली नेवार समुदायको एकतामा मात्र सीमित नभई सबै जातजाति तथा समुदायबीच आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको बताउनुभयो ।
उहाँले सबै जातजातिका चाडपर्वलाई साझा उत्सवका रूपमा विकास गर्दै सामाजिक एकताको मूलधारमा जोड्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल संवत्को ऐतिहासिक महत्वलाई आत्मसात् गर्दै पनौतीका सम्पदा, मठमन्दिर तथा मौलिक संस्कृतिको संरक्षण र विकासमा नगरपालिकाले विशेष ध्यान दिने उहाँले उल्लेख गर्नुभयो ।
