सडकमा ट्याक्सी तेर्स्याएर व्यवसायीले गरे विरोध
काठमाडाैं, २५ साउन । ट्याक्सी व्यवसायीहरू विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।
नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागअगाडि सडकमा ट्याक्सी तेर्स्याएर व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।
व्यवसायीहरूले नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने, निजी चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडीले भाडाको काम गर्न नपाइने र साँचो खोस्ने र चालकलाई दुर्व्यवहार गर्ने प्रवृत्ति बन्द गर्नुपर्ने लगायतका माग राखेका छन्।
त्यस्तै व्यवसायीहरूले ट्याक्सी मिटर सिल चुँडिँदा गाडी साहु र चालक जेल जानु पर्ने कानुन खारेज गर्नुपर्ने, नेपालभरिका ट्याक्सी भाडादर एउटै कामय गरी अन्तर्राष्ट्रिय नीति लागु गर्नुपर्ने लगायतका ९ बुँदे माग राखेका छन्।