केशव स्थापितसहित एमालेका दुई केन्द्रीय सदस्यले लिए विश्राम

काठमाडौं, ३० साउन । नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापितसहित दुई सदस्यले विश्राम लिनुभएकाे छ ।

स्थापित र अर्का केन्द्रीय सदस्य सिराहाका प्रमोद नारायण यादवकाे राजीनामा सोमबारको सचिवालय बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो ।

सोमबारकाे बैठकले पार्टीको अर्थ तथा योजना विभागको सचिवमा युवा संघकी पूर्व उपाध्यक्ष क्रान्ति बुर्लाकोटीलाई मनोनीत गरेको छ ।

सो विभागको प्रमुख एमाले स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे हुनुहुन्छ। उहाँभन्दा पहिले घनश्याम भुसाल सो विभागको प्रमुख रहनुभएकाे थियाे ।

एमालेले संगठन विभागको सचिवमा माधव ढुंगेल र खानेपानी तथा सरसफाइ सचिवमा आर वशिष्ठ मनोनीत गरेकाे छ ।