राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकबीच भेटवार्ता

काठमाडौँ, १ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटका क्रममा उहाँहरूबीच नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको आपसी सम्बन्ध तथा सहकार्यका विषयमा छलफल भएको छ ।

राष्ट्रपतिको कार्यालयका अनुसार, भेटमा नेपालको विकास प्राथमिकता र संयुक्त राष्ट्रसङ्घले पुर्‍याउँदै आएको सहयोगलाई थप प्रभावकारी बनाउने लगायतका द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक–आर्थिक विकासमा राष्ट्रसङ्घको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।