शिशु जन्माउन नसकेपछि हुम्लाकाट सुत्केरीकाे हेलिकोप्टरमार्फत उद्धार
हुम्ला, १८ असोज । हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी महिलालाई सत्र घण्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
व्यथा लागेर थला पर्नुभएकी अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे)लाई हेलिकोप्टरबाट उद्धार गरेर कालागाउँस्थित सुर्खेत प्रदेश अस्पतालमा बिहिबार बिहान पुर्याइएको हाे ।
गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख हङ्सबहादुर महताराका अनुसार आमा र बच्चाको ज्यान बचाउन विभिन्न निकायमा पहल गरी आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको हो । पाण्डेको गर्भमा रहेको शिशुको यसै महिनाको २० गतेका लागि समय तोकिएको थियो ।
व्यथा लागेपछि श्रीनगर स्वास्थ्यचौकीमा भर्ना हुनुभएकी उहाँको जटिलस्थिति (ब्रिज प्रिजेन्टेसन) भएकाले बुधबार नै रिफर गरिए पनि यातायातको साधनको अभाबमा बिहीबार बिहान मात्र सुर्खेत पुर्याइएको उहाँको भनाइ थियोे ।