बझाङमा फेरि ५.२ म्याग्निच्युडको भूकम्प
काठमाडाैं, २५ असाेज । बझाङमा फेरि ५.२ म्याग्निच्युडको भूकम्प गएकाे छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १२:२२ बजे बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो।
बझाङ केन्द्रबिन्दु बनाएर असोज १६ गते ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि असोज २० गतेसम्म पटकपटक पराकम्प आइरहेका थिए। केहिदिन पश्चात बझाङमा पुनः भूकम्पको धक्का महशुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ।
असोज १६ गते गएकाे ५.३ म्याग्निच्युडको भूकम्प र त्यसपछि आएकाे पराकम्पनले दर्जनौं घरहरू भत्किएका थिए भने एक जना वृद्धको मृत्युसमेत भएको थियो।