दक्षिणी फिलिपिन्समा सैनिक शासन डिसेम्बरसम्म लम्बियो
मनिला । फिलिपिन्सका बहुमत सांसदले द्वन्द्वग्रस्त मिन्दनाव टापुमा सैनिक कानून लागू रहने अवधि थप्ने राष्ट्रपतिको प्रस्तावको पक्षमा मतदान गरेका छन्।
सो क्षेत्रमा इस्लामवादी लडाकुहरुले चलाएको सशस्त्र द्वन्द्व अन्त्य गराउन सेनाले संघर्ष गर्दै आएको छ।
यो सप्ताहन्तमा चलेको संसद्को विशेष सत्रपछि भएको मतदानमा सत्तापक्षको नियन्त्रण रहेको सिनेट र हाउसले राष्ट्रपतिको प्रस्तावलाई बहुमतले अनुमोदन गरेका हुन्।
सैनिक कानून लागू रहने अवधि थप्ने निर्णय उपयुक्त नभएको तर्क गरेका सिनेटको अल्पमत पक्षधर नेताले कुनै दिन फिलिपिन्सका नागरिकहरु सुतेर उठेपछि सैनिक कानून लागू भएको अवस्थामा आफूलाई पाउने टिप्पणी गरेका छन् ।