काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल अवलोकन भ्रमणका लागि अष्ट्रेलिया प्रस्थान
काठमाडौं , ८ मंसिर । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल आज अष्ट्रेलिया जानुभएकाे छ ।
उपप्रमुख डंगोल अष्ट्रेलियन सरकारको वैदेशिक मामिला मन्त्रालय र नेपालस्थित अष्ट्रेलियन दुतवासकाे निमन्त्रणामा खनिज तथा उर्जा, कृषि पर्यटन अवलोकन भ्रमणका लागि अष्ट्रेलिया जानुभएकाे हाे ।
उहाँले अष्ट्रेलियाका विभिन्न सहरहरुमा रहेका खनिज तथा उर्जा, कृषि पर्यटन, विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रहरुको अवलोकन, परम्परागत संस्कृति, सहरी विकास, नविकरणीय उर्जा उत्पादन तथा व्यवस्थापनका क्षेत्रको अवलोकन भ्रमण गर्नुहुनेछ ।
भ्रमणकाे क्रममा उहाँले सरकारी उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । उहाँले सिडनी, क्यानबेरा होर्बट र मेलवर्नलगायत सहरमा आयोजना हुने छलफल तथा भेटघाटमा पनि सहभागिता जनाउनु हुने कार्यक्रम रहेकाे छ ।
भ्रमणकाे क्रममा उहाँले अष्ट्रेलियामा रहेका नेपालीहरुसँग अन्तरक्रिया गर्ने, संसद भवनको अवलोकन गर्ने कार्यक्रम रहेकाे उपप्रमुखको सचिवालय जनाएकाे छ ।