अहिलेको सरकार भारत र अमेरिकाको प्रभावमा बनेको हो : नारायणमान बिजुक्छे
रेणु त्वानाबासु
भक्तपुर, ९ साउन । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकार भारत र अमेरिकी सरकारले बनाएको आरोप लगाएका छन् । निओ फ्युजन स्कुल अफ कम्प्युटरको २१ औँ अवसरमा आयाेजित कार्यक्रमकाे शनिबार भक्तपुरमा उदघाटन गर्दै अध्यक्ष बिजुक्छेले अहिलेको सरकार भारत र अमेरिकी सरकारको प्रभावमा बनेको दाबी गरे ।
उनले वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूलाई राज्य सञ्चालन, नीति निर्माण र संसदीय अभ्यासबारे पर्याप्त ज्ञान नभएको टिप्पणी गर्दै के बोल्ने र के नबोल्ने भन्ने विषयमा समेत उनीहरू अनभिज्ञ रहेको उनको आरोप छ । बिजुक्छेले सरकारको आलोचना लोकतान्त्रिक अभ्यासको अभिन्न पक्ष भएको उल्लेख गर्दै सरकार आवश्यक भए पनि गलत कामको विरोध गर्नुपर्ने धारणा राखे । यसकारण राजनीतिबाट कोही पनि टाढा रहन सक्दैन । तर राजनीति देश र जनताको हितका लागि हुनुपर्छ, उनले भने ।
उनले सरकार सञ्चालन र बजेट व्यवस्थापन गम्भीर विषय भएको उल्लेख गर्दै बजेटमा मनपरी ढंगले हेरफेर गर्न नहुने बताए । बजेटमा एक पैसा पनि तलमाथि गर्नु हुँदैन, उनले भने । कार्यक्रममा उनले नेवार समुदायको भोजको उदाहरण दिँदै बीचमै उठेर जाने परम्परा नभएजस्तै राज्य सञ्चालनमा पनि जिम्मेवारी र अनुशासन आवश्यक पर्ने धारणा व्यक्त गरे ।
निओ फ्युजन स्कुल अफ कम्प्युटरका निर्देशक बालकृष्ण बनमालाको सभापतित्वमा भएको कार्यक्रमा बागमती प्रदेशका सांसद् सुरेन्द्रराज गोसाईले राजनीति असल कामका लागि हुनुपर्ने बताए । हरेक बिद्यालय, विश्वविद्यालयहरूमा कम्प्युटर, विज्ञान काे प्रयाेगशाला व्यवस्था नगरेसम्म याे हाम्रो सरकार हुन नसक्ने सांसद गाेसाई बताए ।
अहिलेकाे समयमा बालबालिकाहरूलाई तीन किसिमले अभिभावकत्व ग्रहण गरिंदै आईरहेकाेमा भित्ते घडि झै तीन सुईकाे त्यतिनै महत्व रहेकाे बताउनु भयाे । जसरी घडिमा सेकेन्ड सुईले मिनेट सुई र मिनेट सुईले घण्टा सुईलाई तानेर समयकाे गतिलाई अगाडि बढाए झैं हामीले पनि अभिभावकले सेकेन्डकाे भुमिका निर्वाह गरिनु पर्नेमा जाेड दिनुभयाे । समय अनुसारकाे बालबालिकाकाे व्यवहारलाई व्यवहारमा परिवर्तन गराउन पर्छ तर आफ्ना आफ्ना धरातलमा रहेर गर्नुपर्ने बताउनु भयाे । कार्यक्रममा कलाकार प्रशिक्षक इन्द्रकाजी शिल्पकारलाई सम्मान गरिएकाे थियाे ।