बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरुकाे भेटघाट

काठमाडौं, ८ पुस । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरुकाे छलफल भएको छ।

आइतबार विहान प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो ।

भेटमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी रहनुभएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ ।

भेटवार्तामा टीआरसी विधेयक लगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।