काठमाडाैंमै बेचिन्छ गाँजा मिसाईएकाे केक, एकजना पक्राउ
काठमाडौं, २२ पुस । काठमाडौं महानगरपालिका भित्रै लागु औषध गाँजा मिसाएर केक तयार गरी अनलाइनमार्फत कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनको साथबाट प्रहरीले गाँजाको धुलो १२१, तयारी अवस्थामा रहेको केकको झोल १७८ ग्राम, गाँजा ३ केजीलगायतका सामानहरू बरामद गरेको छ ।
उनले आफ्नै घरमा विगत १ वर्षदेखि गाँजा मिसाएर केकका विभिन्न प्रकारहरू बनाइ अनलाइन डेलिभरी गर्दै आएको प्रहरीको आरोप छ ।