प्रतिनिधिसभाको बैठक आज बस्दै, सांसदकाे प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं, ६ फागुन । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेकाे छ ।प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि १३ जना सांसदले लिखित प्रश्न पेश गरिसकेका छन् ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डलाई सोध्नका लागि १३ जना सांसदले लिखित प्रश्न पेश गरेको संसद् सचिवालयले जनाएकाे छ ।

संसदको तेस्रो अधिवेशनको तेस्रो बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमाथि उठेका प्रश्नहरुको प्रत्यक्षरुपमा जवाफ दिन लागेका हुन् ।