सीतापाइला घटनाका मृतकहरूकाे शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइयाे

काठमाडौं, ९ फागुन । काठमाडौंको सीतापाइलामा हत्या गरिएका एकै परिवारका ३ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएकाे छ ।

नागार्जुन नगरपालिका सीतापाइला ६ बैराग टोलमा बस्ने राजुले घिमिरे (सुनार)ले हत्या गरेको भनिएका उनकी श्रीमती ईश्वरी श्रेष्ठ, ८ वर्षकी छोरी र साढे २ वर्षकी नातिनीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको हो ।

प्रहरीका अनुसार मृतक महिलाका श्रीमान् राजु घिमिरे (सुनार)ले पनि नागार्जुन–५ सितापाइलाकाे जंगलमा ढल्किएको रुखमा झुन्डिएर आत्महत्या गरेकाे अवस्थामा फेला परेकाे जनाएकाे छ । प्रहरीले उनकाे शव पनि पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएकाे छ ।

घटनापछि उनी आफैंले आफन्तलाई फोन गरेर तीन जनाको हत्या गरेको सूचना दिएका थिए । घटनास्थलमा आफन्तहरू पनि आइपुगेका छन् ।