२ रनले चुक्यो नेपाल
काठमाडौं, १६ फागुन । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल २ रनले चुकेकाे छ । बुधवार घरेलु मैदानमा भएको दोस्रो खेलमा नेपाल नेदरल्यान्डसँग २ रनले पराजित भएको हो ।
नेदरल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १८२ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६३ रन, कप्तान रोहित पौडेलले ५०, आसिफ शेख ३४, कुशल मल्ल ११, करण केसी ११, सन्दीप जोरा ८ रन बनाउँदा कुशल भुर्तेल र सोमपाल कामी शून्य रनमा आउट भए ।
बलिङमा नेदरल्यान्डका साइब्रान्ड एंगलब्रेक्टले सर्वाधिक २ विकेट लिए । नेदरल्यान्डका लागि माइकल लेभिटले सर्वाधिक ५४ रन जोडेका थिए । साइब्रान्ड एंगलब्रेक्ट ४९ रनमा अविजित रहदा म्याक्स ओ डाउड ४, कप्तान स्कट एडवार्ड्स ३३, तेजा निदामानुरु ३१ रन बनाएर आउट भएका हुन् ।
पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।