प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ, दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

काठमाडौं, २८ वैशाख । प्रतिनिधिसभाको बैठक बस्न विलम्ब भएको छ । दुवै सभाको बैठक आज अपराह्न २ बजेका लागि आह्वान गरिएको थियो । तर बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।

अहिले सभामुख दलका प्रमुख सचेतकहरुसँग छलफलमा जुट्नुभएकाे छ। यो बैठकलगत्तै कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग छ । तर, सरकार समितिको पक्षमा नहुँदा कुरा मिल्न सकेको छैन ।