मौद्रिक नीतिपछिको सेयर बजारमा लाग्यो सर्किट ब्रेक
काठमाडौं, १३ साउन । मौद्रिक नीतिपछि खुलेको सेयर बजारमा १ मिनेटमै सर्किट ब्रेक लागेको छ ।
आइतबार १ घण्टामै ४ प्रतिशतले नेप्से परिसूचक बढेपछि सर्किट ब्रेक लागेको हो ।
पहिलो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२ अंक बढेर २६७० अंकमा कायम भएको छ । अव २० मिनेटका लागि कारोबार स्थगित भएको छ।
सर्किट ब्रेकसंगै बैंकिङ सूचक सबैभन्दा धेरै ७.३ प्रतिशत बढेको छ भने व्यापार समूह ५.३ प्रतिशत बढेको छ ।