एनपीएल तेस्रो संस्करणका लागि अक्सनमार्फत ५२ खेलाडीसँग सम्झौता, कायर्यक्रममा कावा मेयर डंगोललगायतको उपस्थिति

काठमाडौं, २३ असार । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका १५५ मध्ये ५२ खेलाडी ८ टोलीमा अनुबन्ध भएका हुन् । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगका लागि अक्सनमार्फत् विभिन्न आठ टोलीले ६ देखि ८ खेलाडीसम्म सम्झौता गरेका छन्।

ए, बी र सी श्रेणीका खेलाडीलाई अक्सनमार्फत् ती आठ टोलीले सम्झौता गरेका हुन् । राष्ट्रिय टोलीका ओपनर एवम् विकेटकिपर ब्याटर आसिफ शेखलाई सर्वाधिक २० लाखमा लुम्बिनीले सम्झौता गरेको छ । लक्की ‘ड्र’ मा उहाँ लुम्बिनी लायन्समा अनुबन्ध हुनुभएको हो । लुम्बिनी दोस्रो सिजनको विजेता टिम पनि हो । विवेककुमार यादव, रुपेश सिंह, तृतराज दास र अर्जुन घर्ती अधिकतम मुल्य १५ लाखमा अनुबन्ध भए । लक्की ‘ड्र’ मार्फत विवेक चितवन, रुपेश विराटनगर, तृतराज जनकपुर र अर्जुन पोखरामा अनुबन्ध भएका हुन् । विराटनगरले रुपेशसहित नरेन साउद, दिलसाद अली, सुजन थपलिया, अपराजित पौडेल र प्रतिक श्रेष्ठ गरी ६ खेलाडीलाई खरिद गरेको छ ।

जस्मारुपेश कुमार सिंह १५ लाखमा भित्रिनु भयो भने नरेन राउद ५ लाख, दिलसाद अली ५ लाख, सुजन थपलिया ४ लाख २५ हजार, अपराजित पौडेल २ लाख, प्रतिक श्रेष्ठ २ लाख र इम्रान शेख २ लाख भित्रिए ।

त्यसैगरी जनकपुर बोल्ट्समा तिर्थराज दास १५ लाखमा भित्रिदाँ अभिषेक तिवारी, विशाल पटेल, अमरसिंह रौटेला, रित गौतम, सन्तोष कार्की, आशुतोष पाण्डे र विशाल सुस्लिङले पनि अब जनकपुरबाट खेल्ने पक्का भएको छ । जनकपुरमा अभिषेक तिवारी ५ लाख, विशाल पटेल ५ लाख, अमरसिंह रौटेला ५ लाख, रित गौतम ४ लाख २५ हजार, सन्तोष कार्की ३ लाख, आशुतोष पाण्डे २ लाख, विशाल सुस्लिङ २ लाखमा भित्रिएका हुन् ।

यता चितवन राइनोजमाविवेकुमार यादव ‘लक्की ड्र’ मार्फत १५ लाखमा चितवनमा अनुबन्ध हुँदा मौसम ढकाल, अशोक धामी, विपिन रावल, गौतम केसी र सलौद्दिन खान पनि चितवनमा भित्रिए । मौसम ढकाल ३ लाख, अशोक धामी २ लाख, विपिन रावल २ लाख, गौतम केसी २ लाख, सलौद्दिन खान २ लाखमा भित्रिए ।

काठमान्डु गोर्खाजले ७ खेलाडी भित्राएको छ । काठमान्डुले साहिल पटेललाई ५ लाखमा अनुबन्ध गर्दा प्रसिद्ध जैसी, सोनु देवकोटा, कृष्ण पौडेल, देव शाह र सूयान्शु कोइरालालाई दुई–दुई लाखमा भित्र्याएका हुन् ।

पोखरा एभेन्जर्सले अर्जुन घर्तीलाई अधिकतम मूल्यमा लिएको छ । उहाँसँगै सुदीप अर्याल, विवेक रानामगर, सन्नी विक, प्रतिक पोखरेल र विपिन आचार्यलाई पनि पोखराले अनुबन्ध गरेको छ । अर्जुन घर्तीलाई १५ लाखमा ल्याउँदा सुदीप अर्याल ३ लाख, विवेक रानामगर २ लाख ७५ हजार, सन्नी विक २ लाख, प्रतिक पोखरेल २ लाख, विपिन आचार्य २ लाखमा भित्रिएका हुन् ।

लुम्बिनी लायन्सले आसिफ शेखसँगै दुर्गेश गुप्ता, आकाश त्रिपाठी, अजय चौहान र अरनिको प्रसाद यादवलाई भित्र्याएको छ । शेख २० लाखमा अनुबन्ध हुँदा किशोर महतो १० लाख, दुर्गेश गुप्ता ५ लाख, आकाश त्रिपाठी ५ लाख, अजय चौहान २ लाख र अरनिको प्रसाद यादव २ लाखमा अनुबन्ध भए ।

कर्णाली याक्सले रिलिज गरेको दुई खेलाडीलाई अक्सनमार्फत भित्रायो । कर्णाली यसअघि रिलिज गरेका विपिनप्रसाद शर्मा र दीपेन्द्र रावतलाई पुनः अनुबन्ध गरेको हो । यसबाहेक शुभ कंशाकार, सूर्य तामाङ, दिवन पुन र सचिन शर्मा पनि कर्णालीमा भित्रिएका छन् । शुभ कंशाकार १० लाख, विपिनप्रसाद शर्मा ५ लाख, दीपेन्द्र रावत ५ लाख, सूर्य तामाङ २ लाख, दिवन पुन २ लाख, सचिन शर्मा २ लाखमा भित्रिएका हुन् ।

सुदूरपश्चिम रोयल्सले पनि आफैँले रिलिज गरेका ३ खेलाडीलाई पुनः टोलीमा अनुबन्ध गरेको छ । दीपक बोहरा, मिलन बोहरा र टेक रावतलाई सुदूरपश्चिमले रिलिज गरेको थियो । अक्सनमार्फत अनुबन्ध गर्यो । उस्ले अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई पनि अनुबन्ध गरेको छ । दीपक बोहरा १० लाख, अनिल खरेल ५ लाख, मिलन बोहरा ५ लाख, टेक रावत २ लाख, सचिन भट्ट २ लाख, आयुव चन्द २ लाखमा अनुबन्ध भए ।

अक्सन कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा, काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोललगायतका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।