प्रकाश कुइँकेललाई थाइल्याण्डमा लाइफटाइम अचिभमेन्ट अवार्ड

बाजी जितेर पनि हारेका प्रकाश कुइँकेललाई पहिलो अन्तरराष्ट्रिय सम्मान !

–श्याम स्मृत
बैंकक (थाइल्याण्ड) । नेपाली सांगीतिका आकाशमा कालजयी गीतहरु एक पछि अर्को लेखेर चर्चामा आइरहेका कालजयी गीतकार प्रकाश कुइँकेललाई पहिलो पटक अन्तरराष्ट्रिय अवार्ड सहितको सम्मान प्रदान गरिएको छ( थाइल्याण्डको राजधानी बैंकक स्थित प्रिन्सटोनमा भव्य समारोह वीच आयोजित कार्यक्रममा गीतकार कुइँकेललाई पहिलो पटक अन्तरराष्ट्रिय अवार्ड सहितको सम्मान प्रदान गरिएका हो ।

शैली मिडिया नेटवर्कव्दारा थाइल्याण्डको राजधानी बैंककमा आयोजित बृहत सम्मानित अवार्ड कार्यक्रममा कालजयी गीतकार कुइँकेल लाइफटाइम अचिभमेन्ट अवार्डवाट सम्मानित भएका हुन्। अवार्ड कार्यक्रममा कालजयी गीतकार कुइँकेललाई प्रमुख अतिथि गैरआवासिय नेपाली संघ थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत, विशेष अतिथि रसुवाको आमा छोदिङ्गो गाउंपालिकाका अध्यक्ष बुर्चुङ तामाङले संयुक्त रुपमा लाइफटाइम अचिभमेन्ट अवार्ड तथा सम्मान प्रदान गरेका थिए।

नेपालवाट सात समुद्रपारि सेतो हात्तिको देश भनेर विश्वविख्यात देश थाइल्याण्डको बैंककमा नेपाली साहित्य आकाशको गीत लेखन क्षेत्रमा ५३ बर्षदेखि निरन्तर बेग्लै आयाम कायम गरेवापत आफूलाई सही मूल्यांकन गरेर अवार्ड तथा सम्मानव्दारा सम्मानित गरेकोमा गीत साहित्यमा कलम चलाएवापतको यो ठूलो पुरस्कार भएको र यसले नेपाली गीत लेखन साहित्यमा लाग्न आफूलाई अझ प्रेरणा दिएको कुइँकेलले प्रतिक्रिया दिएका छन्।

कालजयी गीतकार प्रकाश कुइँकेलका धेरै गीतहरु मध्येका सर्वश्रेष्ठ गीत हो– रंगियो सिंउदो रातै भएर चिरियो छाती धाँजा फाटेर । यस गीतका संगीतकार टीका भण्डारी हुनभने, यस गीतका गायक कर्णदास। कर्णदासका धेरै सुपरहिट गीत मध्येका सुपरहिट गीतमा गीतकार प्रकाश कुइँकेलको मर्मस्पर्शी शव्द रचना भएको यस गीतले कर्णदासलाई अझ धेरै विरही गीतका गायकका रुपमा चिनाएको छ । जुन यो गीतले गीतकार कुइँकेललाई चर्चाको शिखरमा पु¥याएको छ। रंगियो सिंउदो गीतका गीतकार भनेर उनलाई नाम दिएको छ।

यस गीतको सिर्जनामा प्रकाश कुइँकेलले केवल कल्पनामा शव्द कोरेका थिए । त्यो कल्पनामा आफूलाई बाजी जितेर पनि हारेको मान्छेको रुपमा उभ्याएका थिए । त्यो बाजी जितेर पनि हारेको मान्छेको गीत यथार्थमा धेरैको जिन्दगीमा मेल खान पुग्यो । यो नै गीतकार कुइँकेलको गीत लेखनको सफलता बन्यो । त्यो सफलतामा गीतको पाँच मिनेटको पूरै चलचित्र जस्तो भिडियोले पनि धेरै मदत ग-यो ।