श्री एयरलाइन्सको विमान ह्वील स्टेरिङ लकभएपछि आकस्मिक अवतरण

काठमाडौँ, २४ भदौ । श्री एयरलाइन्सको विमान उडेको केही मिनेटमा समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गराइएको छ ।

काठमाडौँबाट सुर्खेतका लागि उडेको विमानको ‘इण्डिकेटर’मा समस्या देखिएपछि विमानलाई तत्काल विमानस्थलमै अवतरण गराइएको

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण नभई ‘डाइभर्ट’ भएको हो । “काठमाडौँबाट सुर्खेतका लागि आज विहान उडेको उक्त विमान ३० नटिकल माइल पुगेपछि पुनः विमानस्थलमै फर्काइएको थियो”, उहाँले भन्नुभयो, “ ह्वील स्टेरिङ लक भएकाले विमान बीचबाटै फर्काइएको हो । अहिले विमानस्थलबाट हुुने अन्य उडान नियमित सञ्चालन भइरहेको छ ।”

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले प्राविधिक समस्या देखिएको उक्त विमानका यात्रुलाई वैकल्पिक उडानमार्फत गन्तव्य पुर्याइएको जानकारी दिनुभयो ।