पाँच दिन अघि ‘मिस्टर काठमाडौं’ जितेका प्रकाश राईको हृदयघातका कारण निधन

काठमाडौं, २ असाेज । पाँच दिन अघि पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगितामा विजेता बनेका प्रकाश राईको हृदयघातका कारण निधन भएको छ ।

४५ वर्षीय राईलाई बुधबार बिहानै हृदयघात भएर असहज भएपछि ग्रान्डी अस्पताल लगिएको थियो । राईकाे उपचारको क्रममा ७ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

राईले गत शनिबार काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न भएको प्रतियोगितामा ७५ केजीमाथि तौल समूहमा मिस्टर काठमाडौंको उपाधि जितेका थिए ।

उनी टीम म्यानेजरसहित टोखा नगरपालिका-६ स्थित ग्रिनल्यान्ड होटलमा बस्दै आएका थिए ।