समृद्धिका बारेमा विमर्श गर्दा वातावरण संरक्षणलाई बिर्सन हुन्न : प्रधानमन्त्री ओली

काठमाडौँ, २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका बारेमा विमर्श गर्दा वातावरण संरक्षणलाई बिर्सन नहुने बताउनुभएकाे छ ।

प्राध्यापक तत्व तिम्सिनाद्वारा लिखित ‘समृद्धिको अन्तर्वस्तुु’ लोकार्पण गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्ताे बताउनुभएकाे हाे ।

प्रधानमन्त्री निवासमा आज उक्त पुस्तक लोकार्पण गर्दै उहाँले हरेक प्राणीको चाहना सुख भए पनि मानवलाई सम्मानित तथा सुरक्षित जीवन यापनका निम्ति गरिबी अन्त्य गरी ‘समृद्ध विश्व, सुखी मानवजाति’ तर्फको यात्रामा अग्रसर हुनुपर्नेमा जोड दिनुुभयो ।

लेखक तिम्सिनाले प्रधानमन्त्री ओलीको अवधारणा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाको आलोकमा खुसी र सुखको वैज्ञानिक विश्लेषण पुस्तकमा गरिएको जानकारी दिनुुभयो । समृद्धि अध्ययन तथा अनुसन्धान केन्द्रद्वारा प्रकाशित उक्त पुस्तकमा समृद्धिलाई मन, मस्तिष्क र मनस्थितिका आधारमा विविध सामाजिक र आर्थिक पक्षको लेखाजोखा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *