दमकमा पटाका पड्काउँदा ६ वर्षीय बालक घाइते

झापा, १४ कात्तिक । झापाकाे दमकमा पटाका पड्काउँदा ६ वर्षीय घाइते भएका छन्।

दमक नगरपालिका-६ बस्ने ६ वर्षीय बिद्यम अग्रवालले पटाका पड्काउँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हाे ।

पटाका पड्किएर बालककाे अनुहारमा चाेट लागेकाे छ । घाइते बालकको उपचारको लागि लाइफ लाइन अस्पताल दमकमा लगिएपनि थप उपचारको लागि भारतको सिलगुडी रिफर गरिएको छ।