यात्रुवाहक बसकाे ठक्करबाट सशस्त्रका प्रहरी निरीक्षककाे मृत्यु

काठमाडाैं, १७ पुस । सर्लाहीकाे बरहथवामा यात्रुवाहक बसले किचेर सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ ।

मंगलबार राति पौने ९ बजे बलरा नगरपालिका–९ स्थित बीओपी छतौनामा तीव्रगतिमा रहेको यात्रुवाहक बसले किचेर बोर्डर आउट पोष्ट (बिओपी)मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको हो ।

ड्युटीमा रहेका तुलाधरलाई गए राति बागमती प्रदेश ०१–००६ख २००४ नम्बरको यात्रुबाहक बसले किचेकाे सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिनुभयो ।

बसले किचेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएकोमा चिकित्सकले राति पौने १० बजे मृत घोषणा गरेका थिए ।