युनिभर्सल सुपर स्टार २०२५मा छानिए ४ विजेता

काठमाडौंँ, २३ माघ । ‘मिस टिन युनिभर्स सुपर स्टार’को उपाधि सञ्जिता श्रेष्ठले जितेकी छन् । राजधानीमा आयोजित ‘युनिभर्सल सुपर स्टार २०२५’मा उनले उक्त उपाधि हात पारेकी हुन् ।

सोही प्रतियोगीतामा ‘मिष्टर युनिभर्सल सुपरस्टार’को उपाधि कपिल सराफ र ‘मिस युनिभर्स सुपरस्टार’ (ग्लोबल)को उपाधि सुनिमा श्रेष्ठ (नेवार) र ‘मिसेस युनिभर्स सुपरस्टार’ उमा श्रेष्ठले प्राप्त गरे ।

स्मार्ट गफ एपको आयोजनामा द प्लाजा पुल्चोक ललितपुरमा एक भब्य कार्यक्रम सहित आयोजना भएको प्रतियोगीतामा अर्गनाइज च्वाइसको उपाधि रुथ पाख्रिन, पब्लिक च्वाईसको उपाधि कुराना स्याङतान, शर्मिला श्रेष्ठ र अमृता गिरीले जिते ।

रोजिन शाक्यको कोरियोग्राफी, रमेश जंग शाही कार्यक्रम निर्देशक रहेको प्रतियोगीता युवा, युवतीदेखि विवाहित महिलासम्मको प्रतिभा निखार्ने उदेश्यले आयोजना भएको कार्यक्रम आयोजक प्रमिला सिलवालले बताइन् ।

अभिनेत्री रेखा थापा (नेपाल), उज्वल रे (अमेरिका), सञ्जय रौनियार (भारत), फन किम ओआन (भियतनाम) रे अल्भारेज (कोलम्बिया) र पौयल प्रमणिक (भारत) प्रतियोगीताको निर्णायकमा रहेका थिए ।

प्रतियोगीतामा ड्रेस डिजाइन समिक्षा लामिछाने, दुर्गा विष्ट, रुवी पौडेल, सजिना विष्ट, शर्मिष्ठा श्रेष्ठ र अनिता खत्री र मेकअप रोजिना सुवालको टिम रहेको थियो । सबै विजेताहरूले आगामी जुलाई २८ मा अमेरिकाको फ्लोरिडामा आयोजना हुने ‘मिस एण्ड मिस टिन युनिभर्सल ग्लोबल’मा सहभागीता जनाउनेछन् ।