बढ्यो सुनको मूल्य

काठमाडौँ, ११ फागुन । सुनको मूल्य पुन: बढेको छ ।

स्थानीय बजारमा शुक्रबार प्रतितोला रु एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज बढेर रु एक लाख ७० हजार तीन सय कायम भएको हाे ।

आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार ९९० रहेको चाँदीको मूल्य आज रु एक हजार ९७० कायम भएको छ ।