लगानी कोषका सदस्यले गंगालाल अस्पतालमा छुट पाउने

काठमाडौं, १९ फागुन । नागरिक लगानी कोषका सदस्य, शेयरधनी र कर्मचारीहरूले अब शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा विशेष छुट पाउने भएका छन्।

कोष र अस्पतालबीच भएको सम्झौता अनुसार, कोषका सदस्यहरूले अस्पतालको ‘पेइङ क्लिनिक, सिल्भर, गोल्डेन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेज’ मा १०% छुट पाउने भएकाे हाे।

यस सम्बन्धी सम्झौतामा नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. रबी मल्लले हस्ताक्षर गरेका छन्। छुट प्राप्त गर्नका लागि कोषको परिचयपत्र वा सहभागी परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।