नेपालले हङकङसँग मैत्री फुटबल खेल्ने

काठमाडौँ, वैशाख १० गते  । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बधुबार आफ्नो आधिकारिक पेजमार्फत सूचना जारी गर्दै नेपाली राष्ट्रिय टिमले हङकङसँग खेल्ने जानकारी दिउको हो । हङकङ फुटबल संघले फिफा विन्डोअन्तर्गत हुने सो खेल आगामी जुन ५ म हङकङमा हुनेछ । नेपालले ३७ वर्षपछि हङकङको सामना गर्ने भएकाे छ। यसअघि सन् १९८८ मा भएको यी दुईबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

हङकङसँगको खेल नेपालका लागि एएफसी एसियन कप छनोट र साफ च्याम्पियन्सीपको तयारीको रुपमा पनि रहेको छ । हङकङसाग खेलेको पाँच दिनपछि नेपालले नेपालले एएफसी एसियन कप छनोट अन्तर्गत लाओससँग खेल्नेछ । जुनमै श्रीलंकामा साफ च्याम्पियनसिप फुटबल पनि आयोजना हुँदैछ ।