एनएसएल २०२५ को विजेतालाई ८० लाख रुपियाँ
काठमाडौँ, १२ वैशाख । तेस्रो नेपाल सुपर लिग (एनएसएल) को विजेताले ट्रफीसहित ८० लाख रुपयाँ पुरस्कार पाउने भएको छ । आयोजक नेपाल स्पोट्र्स एण्ड ईभेन्ट म्यानेजमेन्ट (एनएसईएम) का निर्देशक श्रेयांश कार्कीले शुक्रबार विजेताले ८० लाख र उपविजेताले ३० लाख रुपियाँ पाउने जानकारी दिएका हुन् ।
यसपालि पुरस्कार राशि वृद्धि गरिएको हो । गत संस्करणम। विजेताले ट्रफी र ७० लाख तथा उपविजेताले २० लाख रुपियाँ पएका थिए । यसैगरी सन् २०२१ म भएको पहिलो संस्करणमा विजेताले ३५ लाख रुपियाँ पाएको थियो ।
यसबाहेक मोस्ट भ्यालुएबल प्लेअर, बेस्ट गोलकिपर, हाईएस्ट स्कोरर, ईमर्जिङ प्लेअर र ईनर्जेटिक प्लेअर अफ दि सिजन अवार्ड पनि प्रदान गरिने छ । व्यक्तिगत विधाको अवार्ड विजेता पुरस्कारको घोष्णा फाइनलपछि नै हुने बताइएको छ ।
एनएसएल २०२५ को फाइनल शनिबार साँझ ६ बजे ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबिच हुँदैछ । ललितपुर सिटी उपाधि रक्षा अभियानमा रहेको छ ।