इरानमा विमान दुर्घटनामा ६६ जनाको मृत्यु

काठमाडौँ । इरानको एउटा यात्रुवाहक जहाज त्यहाँको जाग्रोस हिमालमा दुर्घटना हुँदा त्यसमा यात्रु गरिरहेका सबै ६६ जनाको मृत्युभएको छ ।
इरानी संचारमाध्यमहरुका अनुसार, छोटो दुरीमा उडान भर्ने एटीआर–७२ राजधानी तेहरानबाट इसफाहन प्रदेशतर्फ उडान भरिरहेको थियो । जहाजमा ६० जना यात्रु र ६ जना चालक दलका सदस्य थिए । इरानको फार्स समाचार एजेन्सीलाई देशको ईमजेन्सी सेवाका प्रमुख पिर होसियन कोलिमाण्डले जहाज सेमिरोम क्षेत्रमा दुर्घटना भएको बताए । दुर्घटनास्थल राजधानीबाट ३ सय माइल दक्षिणमा पर्छ ।
‘दुर्घटनाग्रस्त क्षेत्र हिमाली इलाकामा पर्ने भएकाले त्यहाँको वास्तविक सबै अवस्था बुझ्न सकिएको छैन । एम्बुलेन्ससमेत पठाउन सकिएको छैन’ नेशनल ईमजेन्सी सर्भिसका प्रबक्ता मोजतावा खालेदीले भने । दुघंटना हुँदा त्यहाँ बाक्लो हुस्सु लागेको थियो ।