स्कटल्यान्डमा खेल्ने नेपाल क्रिकेट टिमको घोषणा

काठमाडौँ, वैशाख २७ गते । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार स्कटल्याण्डमा हुने आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशय श्रृङखलाका लागि नेपाली टोलीको घोषणा गरेको छ । सो प्रतियोगितामा नेपालले स्कटल्यान्डसँग जुन २ र जुन ८ तथा नेदरल्यान्ड्ससँग जुन ४ र १० तारिखमा खेल्नेछ ।

स्टुवार्ट लको प्रशिक्षकत्वमा खेल्ने १५ सदस्यीय टिममा रोहत पौडेलको कप्तान पद यथावत छ । उपकप्तानमा दिपेन्द्र सिंह ऐरी रहेका छन् । अन्य खेलाडीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार साह, भिम सार्की, आरिफ शेख, बसिर अहमद, गुलशन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल छन् ।

यसैगरी स्कटल्यान्डमै हुने टि२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि क्यानले रुपेश कुमार सिंह, लोकेश बम र किरण ठगुन्नालाई पनि समावेश गरेको छ । रुपेश र किरण पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् ।