पहिलो दिन नेपाललाई ८ स्वर्ण

काठमाडौँ, ३ जेठ । नेपाल कराते महासंघको तत्वाधानमा नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुशार शाखा डोजो नक्सालको २६ ओै बार्षिक उत्सवको अवरमा आयोजित ११ओै सगरमाथा अन्तराष्ट्रिय प्रतियोगिता शनिवार शुरु भएको छ ।

नेपाल सहित भारत,बंगलादेश,कतार सहभागि रहेको उक्त प्रतियोगिताको पहिलो दिन शनिवार नेपालले ८ स्वर्ण , भारतले ६ र वंगलादेशले १ स्वर्ण पदक हासिल गरे । नेपालको तर्फवाट चिल्डेन एकल कातामा आयु तामाङग, अमृना तामाङ्ग, ओस्विना तामाङग, प्रविधी थापा र १६–१७ वर्षमा आयोजक नक्सालका स्वरनिमा सिह ठकुरीले नेपाललाई स्वर्ण दिलाए । त्यसैगरी ६–७ वर्षमा अनमोल मगर र दिक्षा तामाङगले स्वर्ण  जिते ।

भारतका युग वालागी भगत, सरत शर्मा,अव्रुनी, तेजस मलिक,जयन्त वागराकार र माही धारु ले भारतलाई स्वर्णदिलाए भने वंगलादेशका पुरुष सिनियर कातामा दवरोटो चक्रवर्तीले स्वर्ण जिते ।

कुल ६१ स्वर्णका निम्ति प्रतिस्पर्धा भईरहेको उक्त प्रतियोगताको पहिलो दिन १५ स्वर्णको छिनोफानो भयो । आईतवारसम्म चल्ने प्रतियोगिता कराते एकडेमी हल सातदोवाटोमा भईरहेको छ ।