नारायणगढ–मुग्लिन सडकमा दुई वटा ट्रक एक आपसमा ठोक्किँदा सात घाइते
काठमाडाैं, ८ जेठ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान दुईवटा ट्रक एकापसमा ठोक्किँदा सात जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, भरतपुर महानगरपालिका–२९ स्थित सडकखण्डमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रक एकापसमा ठाेक्किएका हुन् ।
दुर्घटनाबाट दुवै सवारी साधनको अगाडिको भागमा क्षति पुगेको छ। दुर्घटनामा परी ना ६ ख ९८९७ नम्बरको ट्रकमा सवार रौतहट बौदीमाई–७ का २५ वर्षीय जयकान्त राय यादव, सोही ठाउँका हरिशंकर यादव, आकाश यादव, रविकुमार यादव र अनिल कुमार यादव घाइते भएका छन्। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रकका चालक भरतपुर–१२ मुनालचोकका ३७ वर्षीय सन्तोष सुवेदी र ना ६ ख ९८९७ नम्बरको ट्रकका चालक रौतहट गरुडा–५ का ३४ वर्षीय धनराज कुमार यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।